जनस्वास्थ्य अधिकृत पद बात सेवानिबृत।
तीन जना बैनी सहित बाबू आमाको म एक्लो छोरा हो। आमा बुवाको स्वोर्गारोहण भै सकेको छ।बैनीहरु पनि काठ्मान्डु मा नै छन ।छोरीको घर ktm ठुलोभर्याङ्ग मा छ,छोरीक एउटा छोरी र छोरा एउटा छ।नातिनी त Australia मा पढ्दै छिन। नाति ktm मा collage पढ्दै छ।
ठूलो छोरा 2007AD मा UK र कान्छो छोरा 2008AD मा Australia पढ्न गएका हाल उतैको citizen बनेर आ-आफ्नो परिवार सङ्ग बस्छन।दुवैको एक एक बैनी छोरी जन्मेका छन।कहिले हामी कहिले उनिहरु visit visa मा ओहोर दोहोर गर्छौ।
स्थानियस्तरको खाने पानी,पुस्तकालय सथै दैविप्रकोप उद्दार अभियान हरुको समितीमा रहि योगदान ।धार्मिक तथा केही सामाजिक संघ संस्था हरु लाई केही आर्थिक सहयोग आदि।
हाल टोखा न पा वार्ड न ०८ बानियाटार पुल नजिकै मेरो घर छ।विगत २०७४ साल देखि (सेवानिवृत भए पछि) श्रीमती सहित बस्छु।
आयमुलक काम केही गर्दिन,बिहान ५ बजे उठ्छु,एक गिलास मनतातो कागती पानी पिएर शरीर हल्का गर्छु।४०/४५ मिनेट सामान्य योगा (prostate सङ्ग सम्बन्धित) गरेर सक्दा बुढीले आजा पुजाको धन्दा पनि सक्छिन,।समान्य चिया नास्ता पछि दुवै जना १ घन्टा जति यताउता हिडडुल गरेर घर फर्कन्छौ।
कौशीतिर केही तर्कारी भए टिप्ने नभय किनेर ल्याएको तरकारी केलाउन पट्टि म लाग्छु बुढी दाल भात तिर लाग्छिन। बिहान बेलुका एकाधी घन्टा कौशखेती तिर पनि भुलीन्छ।दिउँसो ,बिहानको खाना पछि सुत्ने बानी ले पेट नघट्ने भो यहि चिन्ता। बाकी समय साथीभाइ,इष्ट मित्र,हरु सङ्ग आवास्यकता अनुसार भेट्घाट ,घुम्घाम आदि मा दिन बिती रहेछ।यदाकदा तिर्थ धाम ,देवदेवादीस्थलको दर्शन गरिन्छ।
संसाररुपी रङ्गमन्चमा समय र परिस्थितीको निर्देशन अनुसार अभिनय गर्ने एक कलाकार हो जीवन।